राष्ट्रिय पुरुष हक्की : आर्मी र गण्डकी फाइनलमा

काठमाडौँ। नेपाल आर्मी र गण्डकी प्रदेश राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।
च्यासल मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीले नव प्रवेशी टोली एपीएफ क्लबलाई ६–० गोलले पराजित ग¥यो। आर्मीका कासीराज राईले ह्याट्रिक गरे भने राजेन्द्र कार्कीले २ तथा प्रदीप राजवंशीले १ गोल थपे। आर्मीका देवसिंह धामी ‘प्लेयर अफ द म्याच’ घोषित भए।
फाइनल प्रवेशसंगै आर्मी दोहोरो उपाधि जित्ने अभियानमा छ। सोमबार राष्ट्रिय महिला हक्की प्रतियोगितामा आर्मीले गण्डकीलाई नै हराउदै उपाधि जितेको थियो।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा गण्डकीले नेपाल प्रहरीलाई पेनाल्टी सुटआउटमा २–१ को गोलअन्तरले पाखा लगायो।
गण्डकीका जोसन राई ‘प्लेयर अफ द म्याच’ चुनिए। निर्धारित समयको खेल गोलरहित सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
सुटआउटमा गण्डकीका संगम घर्ती मगर र अशिम बहिकले गोल गरे। विवेक गुरुङ, कुशल नेपाली र सोनु खान चुके। प्रहरीबाट सुरज बोहरा बाहेक अन्यले अवसरलाई सदुपयोग गर्न सकेनन्। नवराज खत्री, सुरेशप्रसाद जोशी, आयुश शाह र सुनिल राणाले गोल गर्न सकेनन्। प्रतियोगिता बुधबार सम्पन्न हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |