← समाचारमा फर्कनुस्
Football Feb 21, 2026 · Swadesh

एन्फा वुमन्स च्याम्पियनिसप: उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

एन्फा वुमन्स च्याम्पियनिसप: उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक आयोजना गरेको एन्फा वुमन्स च्याम्पियनसिपको उपाधिका लागि आज दुई विभागीय शक्ति आमनेसामने हुँदैछन्।


उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा दिउँसो ३ बजेदेखि सुरु हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। 


सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लब लाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने एपीएफले संकटा फुटबल क्लब माथि ३–० को सानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो। दुवै टोली लयमा रहेकाले खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ।


यस खेलका विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।


नकआउट आधारमा सञ्चालन गरिएको यस प्रतियोगितामा तीन विभागीय टोलीसहित कुल १० टोलीको सहभागिता रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →