उपाधिका लागि त्रिभुवन आर्मी र नेपाल पुलिस आज राति खेल्दै

विराटनगर, चैत २७
गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब पुगेको छ ।
आइतबार राति विराटनगरको सहिद रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४-० गोल अन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । यस अघि अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा पुगी सकेको छ ।
उपाधि जितका लागि विभागीय टोली आर्मी र पुलिसले सोमबार (आज) राति खेल्दै छन् ।
पुलिसका सरम बोहरा, महेश धामी, सागर आचार्य, भरत खत्रीले समान १-१ गोल गर्दै टोलीका लागि जित निकालेका थिए । खेलको म्यान अफ द म्याच पुलिसका महेश धामी भए ।
प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुसिल, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कणर्ाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |