← समाचारमा फर्कनुस्
Cricket Apr 06, 2026 · Swadesh

कर्णालीलाई हराउँदै आर्मी शीर्ष स्थानमा

कर्णालीलाई हराउँदै आर्मी शीर्ष स्थानमा

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको छ।


विरगंजस्थित नारायणी क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशविरुद्ध १३८ रनको एकतर्फी जित निकालेको हो। 


आर्मीले प्रस्तुत गरेको २६७ रनको लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा १३० रनमै समेटियो।


कर्णालीका विपिन शाहीले सर्वाधिक ४०, अर्जुन घर्तीले ३२, दीपेन्द्र रावतले २५ र सुनिल धमलाले ११ रन बनाए।


आर्मीका शाहब आलम र बसिर अहमदले ३–३, अकाश चन्दले २ तथा दुर्गेश गुप्ता र नरेन साउदले १–१ विकेट लिए। 


त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रनको योगफल तयार पारेको थियो।


आर्मीका लागि अर्जुन साउदले १२० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक १२१ रनको योगदान गरे। बसिर अहमदले ४५, सन्तोष कार्कीले २९, नरेन साउदले २० र शाहब आलमले १७ रन बनाए।


कर्णालीका लागि दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ तथा राज शाह, विपिन शर्मा र दिपेन्द्र रावतले १–१ विकेट लिए।


यो जितसँगै जारी प्रतियोगितामा ६ खेलबाट ११ अंक जोडेको आर्मी शीर्ष स्थानमा उक्लिएको छ। सात खेलबाट तीन अंक रहेको कर्णाली पूछारबाट दोस्रो स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →