आर्मी मदन भण्डारी गोल्डकप च्याम्पियन

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले क्लब मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा बिहिबार भएको फाइनलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।
आर्मीले मणिमुकुन्दलाई सेमिफाइनलमा हराउँदै पुलिससँगको भेट पक्का गरेको हो भने यता, पुलिसले गुजरात स्टेट भलिबल एसोसिएसनमाथि ३–१ सेटको पुनरागमन जित निकाल्दै फाइनल प्रवेश गरेको थियो।
पहिलो सेट आर्मीले १८-२५ ले गुमाएको थियो। दोस्रो सेट आर्मीले २५-१८ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेटमा पुलिस २५-२० ले अगाडि रह्यो चौथो सेटमा २५-२२ को जित निकाल्दै आर्मीले खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो।
आर्मी अपराजित रहँदै च्याम्पियन बन्यो। प्रतियोगिताको उपाधिसँगै आर्मीले ७ लाख पायाे भने उपविजेता पुलिसले ३ लाख ५० हजार शिल्ड मेडल र प्रमाणपत्र पायाे।
यस्तै प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तेस्रो स्थान हात पार्यो। भारतको गुराजत स्टेट भलिबल एसोसिएसन अनुपस्थित भएपछि मणिमुकुन्दलाई विजेता घोषित गरियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |