TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 04, 2026 · Swadesh

अर्जुनको शतकमा गण्डकीको दोस्रो जित

अर्जुनको शतकमा गण्डकीको दोस्रो जित

काठमाडौं। ओपनर अर्जुन कुमालको कीर्तिमानी शतकको मद्दतमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ।


बिरगञ्जमा शनिबार सम्पन्न खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले पराजित गर्‍यो।


गण्डकीले दिएको २२८ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन मात्र बनाउन सक्यो।


कोशीका दीपेश कँडेलले अविजित रहँदै सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। उनले ७३ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे। आशिष थापा मगरले ३०, सुमन श्रेष्ठले २०, शाकिब हकले १७, शिवान्स बजगाईंले १५ तथा सोनु अन्सारीले १८ रन बनाए।


गण्डकीका सिव्रिन श्रेष्ठले ३ विकेट लिए भने अपराजित पौडेल र सुवास भण्डारीले समान २–२ विकेट हात पारे। कमल परियार र कप्तान विपिन खत्रीले समान १–१ विकेट लिए।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २२७ रन बनाएको थियो।


अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए। उनले १४१ बलमा ८ चौका प्रहार गर्दै पारीको अन्तिम बलमा रनआउट भए। यो शतक यस संस्करणको प्रधानमन्त्री कपमा उनको पहिलो तथा प्रतियोगिताको इतिहासमा दोस्रो शतक हो।


यस संस्करणमा मधेश प्रदेशका दुवै मैदानमा बनेको यो पहिलो शतकसमेत हो। यही शतकको सहयोगमा अर्जुनले प्रधानमन्त्री कपको इतिहासमा सबैभन्दा कम खेलमा एक हजार रन पूरा गर्ने कीर्तिमान कायम गरे। उनले २५ खेलमै एक हजार रन पूरा गरेका हुन्।


गण्डकीका कप्तान विपिन खत्रीले ८६ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ७६ रन बनाए। दीपक डुम्रेले १५ तथा मुस्कान थापाले १० रन जोडे।


कोशीका लागि दीपेश कँडेलले ४ विकेट लिए भने राकेश शाह र कप्तान सुजन थपलियाले समान १–१ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →