← समाचारमा फर्कनुस्
एरेना राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्दै

काठमाडौं, अखिल नेपाल फुटबल संघ (एन्फा)ले इटाली–स्विट्जरल्यान्ड दोहोरो नागरिकताधारी ५२ वर्षीय गुग्लिएल्मो एरेनालाई नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ। उनी नेपाल आइसकेका छन् र औपचारिक प्रक्रिया अन्तिम चरणमा रहेको एन्फाले जनाएको छ।
मंसिरमा म्याट रस बाहिरिएपछि टेक्निकल डाइरेक्टर हरि खड्काले टोली सम्हाल्दै आएका थिए। अब प्रो–लाइसेन्स प्रशिक्षकको आवश्यकता पूरा गर्न एरेनालाई जिम्मेवारी दिन लागिएको हो।
एरेनाले यसअघि लाओसको राष्ट्रिय टिम र मोरक्कोको क्लब एमएएस फेस सम्हालेका छन्। नेपालले २६ मार्चमा हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने त्यसको पाँच दिनपछि एएफसी एसियन कप छनोटको अन्तिम खेलमा लाओसको सामना गर्ने तालिका छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women