← समाचारमा फर्कनुस्
Football Sep 10, 2025 · Swadesh

अर्जेन्टिना पराजित

अर्जेन्टिना पराजित

काठमाडौँ। दक्षिण अमेरिकी विश्वकप छनाेट अन्तर्गतको खेलमा अर्जेन्टिना पराजित भएको छ।


बुधबार बिहान सम्पन्न खेलमा इक्वेडरले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा इनर भलेन्सियाले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।


यस खेलमा इक्वेडरका मोइस काइसेडो र अर्जेन्टिनाका निकोलस ओटामेन्डीले रातो कार्ड पाएपछि दुवै देश १०-१० खेलाडीमा सिमित भएका थिए।


त्यस्तै दक्षिण अमेरिकी विश्वकप छनाेटमा बुधबार बिहान नै भएको खेलमा बोलिभियाले ब्राजिललाई १-० ले पराजित गर्दै विश्वकप छनाेटको इन्टरकन्टिनेन्टल प्लेअफमा छनाेट भएको छ।


योसँगै दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना शीर्ष स्थानमा र इक्वेडर दोस्रो स्थानमा रहदै विश्वकपमा छनाेट भएका छन्। त्यस्तै कोलोम्बिया, उरुग्वे, ब्राजिल र पराग्वे पनि विश्वकपका लागि छनाेट भएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →