TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Dec 30, 2025 · Swadesh

एपीएफ क्वाटफाइनलमा

एपीएफ क्वाटफाइनलमा

काठमाडौँ। मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै विभागीय टोली एपीएफ क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वाटफाइनलमा प्रवेश गरेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा एपीएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–० सोझो सेटमा पराजित गरेको हो।


जितसँगै समूह ए बाट उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। पराजित मणिमुकुन्द भने समूहबाटै बाहिरएको छ। दुवै खेल जितेको हेल्प नेपाल यो समूहको विजेता बनेको छ। 


पहिलो सेट २५–१० ले सहजै जितेको एपीएफले दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्न सफल भयो। तर तेस्रो सेटमा भने एपीएफले संघर्ष गर्दै २९–२७ ले रोचक जित हात पार्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →