← समाचारमा फर्कनुस्
Volleyball Jan 02, 2026 · Swadesh

एपीएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा

एपीएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा

काठमाडौँ। न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनल न्यु डायमन्डले समूह ‘बी’ की उपविजेता विभागीय टोली नेपाल एपीएफ क्लब ३–० को सोझो सेटमा पारजित गरेको हो।


पहिलो सेट २५–१७ ले जितेको न्यु डायमण्डले दोस्रो सेटमा २५–२० तथा अन्तिम सेटमा २५–७ ले एकतर्फी जित हासिल गरेको हो। अन्तिम सेटमा कुनै समय १२–० ले अग्रता बनाएको डायमण्डले सानदार जित हासिल गर्यो। 


अब डायमण्डले फाइनलमा पुलिस र आर्मीबीचको विजेतासँग खेल्नेछ। खेलमा सलिना बुढा मगर प्लेअर अफ द म्याच घोषित भइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →