TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 15, 2026 · Swadesh

एपीएफ र चित्लाङले अंक बाँडे

एपीएफ र चित्लाङले अंक बाँडे

काठमाडौं। एपिएफ क्लब जारी एन्फा राष्ट्रिय लिगमा आइतबार बराबरीमा रोकिएपछि शीर्ष स्थानका लागि अंक दूरी बढाउने अवसर गुमाएको छ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा विभागीय टोली एपिएफ चित्लाङ एफसीसँग गोलरहित बराबरीमा रोकिन पुग्यो। 


यससँगै एपिएफले १७ वटा क्लबले प्रतिस्पर्धा गरिरहेको लिगमा शीर्ष स्थानका लागि दूरी बढाउने अवसर गुमायो। खेल अवधिभर दुवै तर्फबाट राम्रा अवसर सिर्जना भए। तर, दुवै टोलीले गोल निकाल्न सकेनन् र अंक बाँडेका हुन्। 


समग्रमा भने एपिएफको चौथो बराबरी हो। ११ खेलबाट २५ अंक जोड्दै एपिएफ गोलअन्तरका आधारमा लिगको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ। सातौं स्थानको टोलीसँग एपिएफको अन्तर पाँच अंक मात्र छ।


यता, चित्लाङको जारी लिगमा यो पाँचौं बराबरी हो। एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएर राष्ट्रिय लिग खेलको चित्लाङले एक मात्र जित पुछारको टोली नव जनजागृतिविरुद्ध निकालेको थियो। त्यसबाहेक बाँकी ११ खेलमा चित्लाङ जितविहीन छ। १२ खेलबाट चित्लाङ ८ अंक जोड्दै १३औं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →