← समाचारमा फर्कनुस्
Other Sports Sep 04, 2025 · Swadesh

स्वाटिकमाथि एनिसिमोभाको बदला

स्वाटिकमाथि एनिसिमोभाको बदला

अमेरिकाका आठौं वरीयताकी खेलाडी अमान्डा एनिसिमोभाले इगा स्वाटिकमाथि मीठो बदला रच्दै बिहीबार यूएस ओपनको सेमिफाइनल यात्रा तय गरेकी छिन् ।


विम्बल्डनको फाइनलमा बेहोरेको एकपक्षीय हारको बदला लिने क्रममा एनिसिमोभाले आर्थर ऐस स्टेडियममा स्वाटिकलाई ६–४ र ६–३ ले हराएको हो । विम्बल्डनको त्यस फाइनलमा स्वाटिक ६–० र ६–० ले विजयी रहेकी थिइन् ।


उपाधिको बलियो प्रत्यासी रहेकी पोल्यान्डकी स्वाटिकको यस हारसँगै चुनौती समाप्त भएको छ । पुरुषतर्फ फेलिक्स एगर–एलिसिम अन्तिम चार पुगे ।


उनले यसका लागि एलेक्स डे मिनरलाई ४–६, ७–६, ७–५ र ७–६ ले पराजित गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →