← समाचारमा फर्कनुस्
Football Sep 12, 2025 · Swadesh

युनाइटेडबाट ओनाना पुगे ट्राबजोन्सपोर

युनाइटेडबाट ओनाना पुगे ट्राबजोन्सपोर

म्यानचेस्टर युनाइटेडका क्यामरुनी गोलरक्षक आन्द्रे ओनानाले शुक्रबार ट्राबजोन्सपोरसँग एक वर्षे अनुबन्ध पूरा गरेका छन् । ओनानाले युनाइटेडका लागि इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुआती तीन खेल खेलेका थिएनन् ।


युनाइटेडले भनेको छ, ‘ओनाना प्रति हाम्रो शुभकामना छ ।’ यो सिजन ओनानले रुबेन एमोरिमको युनाइटेडका लागि एकै खेल खेलेका छन् र त्यो लिगकपमा ग्रिम्बबीविरुद्ध रहेको छ । त्यसमा युनाइटेडले टाइब्रेकरमा स्तब्धपूर्ण हार बेहोरेको थियो ।


सन् २०२३ मा २९ वर्षीय गोलरक्षक इन्टर मिलानबाट ओल्ड ट्रायफोर्ड आएका थिए, तर त्यसयता उनी आफ्नो अपेक्षा अनुसार प्रदर्शन गर्न लगातार असफल रहे । उनलाई डेविड डे गोयाको स्थानमा ल्याइएको थियो । उनले युनाइटेडका लागि १ सय २ पल्ट खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →