← समाचारमा फर्कनुस्
Volleyball Sep 01, 2025 · Swadesh

एनामारिया बेरडिल्ला पोखरा निन्जाजमा आवद्व

एनामारिया बेरडिल्ला पोखरा निन्जाजमा आवद्व

 एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजले रोमानियाको ३२ वर्षिय एनामारिया बेरडिल्ला भित्र्याएकोछ। उनको पोजिसन भने आउटसाइड हिटर रहेको छ। 


उनले रोमानियाली यु-१८ , यु-२० र राष्ट्रिय टोलीबाट पनि खेलिसकेकी छन्। यसैगरि रोमानियाको सिनियर टिम बाट पनि खेलेको अनुभव उनी सङ्ग रहेको छ। राष्ट्रिय टोली ,रोमानियाली लिग, रोमानियन कप ,च्याम्पियन्स लिग, सीईभी कप,अजरबैया सुपरलिग साइप्रस लिग र साइप्रस कप पनि उनले खेलेकी छन्।


उनलाई पोखरा नेन्जाजको टिममा अनुबन्ध गर्न पाउँदा टिम धेरै उत्साहित रहेको र उनले खेल नियन्त्रण गरेर खेल्ने र टिमलाई जिताउन सक्नेमा टोली विश्वसत रहेको छ।


एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा एनामारिया बेरडिल्लाले आफू निकै हर्षित भएको बताएकी छन्। पोखरा निन्जाजलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने उनकाे लक्ष्य रहेको छ।


उनकोआगमन सङ्गै पोखरा निन्जाजको पुरै टिम सेट भएको छ। करिब १० दिन काठमाडौंमा तयारी गरेर टिम पोखरा गईसकेको छ।


उनी सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर ल्युबिका केकमान आकास्मात स्वदेश फर्किए पछि टिममा आवद्व भएकी हुन्।


ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदाैं २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखरामा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →