श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण पुनः पोखरा एभेन्जर्समा आबद्ध

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले श्रीलंकाका अनुभवी अलराउन्डर धनञ्जय लक्षणलाई पुनः टोलीमा अनुबन्ध गरेको छ। यसअघि सिजन २ मा समेत पोखराको जर्सीमा प्रभावशाली प्रदर्शन गरेका लक्षणको पुनरागमनले टोलीको सन्तुलन र प्रतिस्पर्धात्मक क्षमता थप मजबुत हुने अपेक्षा गरिएको छ।
२७ वर्षीय बायाँहाते ब्याट्सम्यान तथा दायाँहाते मिडियम फास्ट बलर लक्षणले श्रीलंकाका लागि तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् भने टी–२० अन्तर्राष्ट्रियमा ७० खेलमा ४८ विकेट आफ्नो नाम गरेका छन्। घरेलु तथा विभिन्न फ्रेन्चाइज प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका यी अनुभवी खेलाडीले सिजन २ मा ब्याट र बल दुवैबाट पोखरालाई महत्त्वपूर्ण योगदान पुर्याएका थिए।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले भने, “धनञ्जय लक्षणलाई पुनः पोखरा परिवारमा स्वागत गर्न पाउँदा हामी उत्साहित छौं। उहाँले सिजन २ मा आफ्नो अनुभव, समर्पण र अलराउन्ड प्रतिभाबाट टोलीलाई ठूलो सहयोग गर्नुभएको थियो। सिजन ३ मा पनि उहाँको उपस्थितिले हाम्रो टोली अझ सन्तुलित र प्रतिस्पर्धी बन्ने विश्वास लिएका छौं।”
यसअघि नै पोखराले मार्की खेलाडी कुशल भुर्तेल, सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेललाई रिटेन गरेको थियो भने विवेक राना मगर, सुदीप आर्याल, संजीव बीके, विपिन आचार्य तथा प्रतिक पोखरेललाई अक्सनमार्फत टोलीमा समावेश गरिसकेको छ। त्यस्तै, बंगलादेशी अलराउन्डर शिकब अल हसनलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरिएको छ भने टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी अजन्ता विन्स्लो मेन्डिस नियुक्त भइसकेका छन्।
एनपीएल सिजन ३ का लागि पोखरा एभेन्जर्सले सन्तुलित र बलियो टोली निर्माणमा जोड दिइरहेको छ, र लक्षणको पुनरागमनले त्यस दिशामा थप मजबुती मिल्ने विश्वास लिइएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |