यूएस ओपन जित्न अल्कारेजले हराएर सिनरलाई

कार्लोस अल्कारेजले फेरि एकपल्ट यूएस ओपन जितेका छन् । यसपल्टको फाइनल भने उनका लागि सजिलो रह्यो । स्पेनी खेलाडीले आफ्ना सबैभन्दा ठूला प्रतिद्वन्द्वी यानिक सिनरलाई चार सेटको फाइनलमा ६–२, ३–६, ६–१ र ६–४ को जित रचेका हुन् ।
अल्कारेजले सन् २०२२ मा पहिलो पटक यूएस ओपन जितेका थिए । यससँगै सन् २०२५ का चारै ग्रान्ड स्लाम प्रतियोगिता टुंगेका छन् र संयोगले पुरुष एकलमा कि त अल्कारेज विजयी रहे, कि त भने सिनर । फ्रेन्च ओपन विजेता पनि रहेको अल्कारेजले विम्बल्डनको फाइनल भने सिनरसँगै गुमाएका थिए ।
सिनरले भने अस्ट्रेलियन ओपन पनि जितेका थिए । यसरी दुई ग्रान्ड स्लाम अल्कारेजको नाममा रह्यो भने दुई सिनरको नाममा । अर्कोतर्फ २२ वर्षीय अल्कारेजले जितेको ग्रान्ड स्लाम उपाधिको संख्या छ पुगेको छ । ‘स्वभाविक रूपमा यो उपाधि जित्न पाएकोमा खुसी छुं,’ अल्कारेजले प्रतिक्रिया दिएका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |