← समाचारमा फर्कनुस्
अल्कारेज सजिलै अन्तिम चारमा

कार्लोस अल्कारेजले बुधबार यूएस ओपनको अन्तिम चारको यात्रा तय गरेका छन् र सम्भवतः अब उनले नोभाक जोकोभिचसँग खेल्नु पर्ने हुन्छ, जुन खेल हुनेछ, ‘ब्लकबस्टर’ । यसका लागि उनले आर्थर ऐस स्टेडियम कोर्टमा भएको खेलमा चेक खेलाडी जिरी लोचकालाई सजिलै ६–४, ६–२ र ६–४ ले पराजित गरे ।
दोस्रो वरीयतामा रहेका स्पेनी खेलाडी अल्कारेज यसपल्ट ठूलो अवसर पनि छ, न्युयोर्कमा उपाधि जित्ने हो भने उनी हुनेछन्, नम्बर १ खेलाडी । फेरि उनी लयमा पनि छन्, सेमिफाइनलसम्मको यात्रामा उनले अहिलेसम्म एक सेट पनि ड्रप गरेका छैनन् ।
महिलातर्फ विश्व नम्बर १ खेलाडी आरयन सबलेन्का पनि सेमिफाइनल पुगेकी छिन्, तर यसका लागि डिफेन्डिङ च्याम्पियन पनि रहेकी सबलेन्काले केही पनि मिहिनेत गर्नु परेन् । उनलाई चोटग्रस्ट रहेकी मारकेटा भोन्ड्रोसोभाले वाकओभर दिइन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |