← समाचारमा फर्कनुस्
अल अहलीले जित्यो साउदी सुपर कप

काठमाडौँ। अल अहलीले अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको छ ।
हङकङमा शनिबार सम्पन्न खेलमा अल अहलीले पेनाल्टी सुटआउटमा ५-३ ले जित हासिल गर्दै साउदी सुपर कपको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेमा दुवै क्लबले २-२ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
२-१ गोल अन्तरले पछि रहेको अवस्थामा अल अहलीका लागि रोजर इबानेजले गोल गर्दै खेल बराबरी गरेर खेलमा फर्काएका थिए ।
अहलीका लागि फ्रयांक केसिएले गोल गरेका थिए । त्यस्तै अल नासरका लागि क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |