TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 22, 2026 · Swadesh

जनजागृतिमाथि एपीएफको सहज जित, मनाङ र एनआरटी बराबरीमा रोकिए

जनजागृतिमाथि एपीएफको सहज जित, मनाङ र एनआरटी बराबरीमा रोकिए

काठमाडौं। अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा जारी राष्ट्रिय लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा विभागीय टोली एपीएफ क्लबले नव जनजागृति युवा क्लबमाथि सहज जित निकालेको छ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले जनजागृतिलाई ४–१ ले पराजित गर्‍यो। योसँगै जनजागृतिको लिगमा लगातार छैटौं हार भएको छ भने एपीएफले पाँचौं जित दर्ता गरेको छ।


जितसँगै एपीएफले ६ खेलबाट १६ अंक जोडेको छ। जनजागृति भने अंकविहीन रहँदै तालिकाको पुछारमा छ।


एपीएफले सुरुआतदेखि नै आक्रमक खेल प्रस्तुत गरेको थियो। खेलको २९औं मिनेटमा निश्चल थापाले गोल गर्दै जनजागृतिलाई अप्रत्याशित अग्रता दिलाए। यद्यपि त्यो अग्रता धेरै बेर टिक्न सकेन। पहिलो हाफको अन्त्यतिर ४३औं मिनेटमा एपीएफका कप्तान हरि कार्कीले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।



दोस्रो हाफ सुरु भएको एक मिनेटमै, ४६औं मिनेटमा युवराज थापाले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए। त्यसपछि ५९औं मिनेटमा समिराज थोकरले गोल थपेपछि एपीएफ ३–१ ले अघि बढ्यो। तीन मिनेटपछि अनिश घर्ती क्षेत्रीले गोल गर्दै एपीएफको जित सुनिश्चित गरे।


यसैगरी, दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र न्यू रोड टिम (एनआरटी) बीचको गोलरहित बराबरीमा सकिँदा दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →