TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Jan 26, 2026 · Swadesh

माल्दिभ्समाथि एपीएफको सहज जित

माल्दिभ्समाथि एपीएफको सहज जित

काठमाडौं। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा एपीएफले माल्दिभ्स भलिबल एसोसियसनमाथि सहज जित निकालेको छ ।


पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।


अब आजको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश प्रतिष्पर्धा गर्नेछन् । यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफले त्रिभुवन आर्मी क्लबलार्य पराजित गरेको थियो । आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता ग¥यो । आर्मीले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरियो ।


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →