← समाचारमा फर्कनुस्
Volleyball Apr 14, 2023 · Nepalsports

एपीएफ र प्रहरी फाइनलमा

एपीएफ र प्रहरी फाइनलमा

काठमाडौं, बैशाख १ गते ।
विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल प्रहरी क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गऱ्यो । लगातार दुई सेट आफ्नो पक्षमा पारेको आर्मीले २५–२३ र २५–१२ को प्रदर्शन ग¥यो । एपीएफले तेश्रो सेट २५–२२ र चौथो सेट २५–२३ ले जित्दै खेललाई २–२ को बराबरीमा पु¥याएको थियो । पाँचौं तथा निर्णायक सेट १५–१० ले कब्जा गर्दै एपीएफले फाइनलमा स्थान सुनिश्चित गऱ्यो ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा प्रहरीले गण्डकीलाई २५–२२, २५–२० र २५–२१ ले हराउदै एपीएफसंग उपाधि भिडन्त पक्का गऱ्यो । फाइनल शनिबार हुनेछ ।

विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । सन्त्वना पुरस्कार स्वरुप ५० हजार रुपियाँ प्रदान गरिने छ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →