← समाचारमा फर्कनुस्
Football Aug 31, 2025 · Swadesh

एपिएफ र अल नसर खेल्दै

एपिएफ र अल नसर खेल्दै

नेपालको एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणमा आज तेस्रो खेल खेल्दैछ। एपिएफले साउदी क्लब अल नसरसंग खेल्दैछ।

समूह ‘बी’ अन्तर्गतको यो खेल मार्काजी रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ।


एपिएफ यस अघि पहिलो र दोस्रो दुबै खेलमा पराजित भएको थियो र अब अघिल्लो चरणको सम्भावना समाप्त भइसकेको छ। अल नासरको अवस्था पनि उस्तै रहेको छ अघिल्ला दुवै खेलमी हार व्यहोरेको थियो। त्यसैले एपिएफ र अल नासर दुवैका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ।


एपीएफ पहिलो खेलमा उज्बेकिस्तानको नासाफ पीएफसीसँग ३–० र दोस्रो खेलमा थाइ क्लब कलेज अफ एसियन स्कोलार्ससँग ५–० ले पराजित भएको थियो।


प्रारम्भिक चरणमा रहेका ५ समूहबाट शीर्ष हुने टोलीहरू तथा ५ मध्ये एक उत्कृष्ट उपविजेताले अघिल्लो चरणमा स्थान बनाउने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →