← समाचारमा फर्कनुस्
पहिलो खेलमा एपिएफ पराजित

महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटको पहिलो खेलमा विभागीय टोली एपिएफ क्लब घरेलु टोली एफसी नासाफसँग पराजित भएको छ। उज्बेकिस्तानको मार्काजी रंगशालामा सोमबार भएको खेलमा घरेलु टोलीसँग ३–० गोलले पराजित भएको हो।
नासाफको जितमा खाबिबुल्ला इभाले दुई गोल र मफतुना शोयिमोभाले एक गोल गरिन्।
खेलको १३औं मिनेटमै खाबिबुल्लाको गोलमार्फत नासाफले सुरुआती अग्रता लिएको थियो। उनले लारिनाले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोस्टमा लागेर आएको बललाई गोलमा परिणत गरेको थियो। त्यसको ३ मिनेटपछि नै उनले सोयीमोभाको पासमा गोल गर्दै अग्रता दोब्बर बनाइ।
त्यस्तै खेलको ३३औं मिनेटमा माफतुनाले डिबक्स बाहिरबाट प्रहार गरेको बल सिधै गोलमा परिणत गर्दै अग्रता ३–० मा पुर्याएकी थिइन्। त्यसपछि थप गोल हुन सकेन।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |