← समाचारमा फर्कनुस्
Football Aug 28, 2025 · Swadesh

पहिलो जितको लक्ष्यमा एपिएफ

पहिलो जितको लक्ष्यमा एपिएफ

काठमाडौं, नेपालको एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणमा आफ्नो दोस्रो खेल आज थाइल्यान्डको कलेज अफ एसियन स्कलर्सविरुद्ध खेल्दैछ ।


समूह ‘बी’ अन्तर्गतको यो खेल मार्काजी रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ।


एपिएफ पहिलो जितको खोजीमा मैदान उत्रिँदैछ। पहिलो खेलमा नेपाली टोली घरेलु क्लब एफसी नासाफसँग ३–० ले पराजित भएको थियो।


यता, थाइल्यान्डको स्कलर्स भने लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ। पहिलो खेलमा स्कलर्सले साउदी अरेबियाको अल नासरलाई २–० ले हराउँदै शानदार सुरुवात गरिसकेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →