← समाचारमा फर्कनुस्
Volleyball Dec 28, 2025 · Swadesh

एपीएफ सेमिफाइनलमा प्रवेश

एपीएफ सेमिफाइनलमा प्रवेश

काठमाडौं। विभागीय टोली एपीएफ क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘बी’को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। योसँगै एपिएफले ६ अंक पुर्‍याएको छ। एपीएफले पहिलो खेलमा मधेश प्रदेशलाई ३–० कै सेटम पाखा लगाएको थियो। सुदूरपश्चिमको भने यो लगातार दोस्रो हार हो। यसअघि य टली विभागीय क्लब नेपाल पुलिससँग यही सेटमा पराजित भएको थियो।


अब एपीएफले समूह विजेता बन्न अन्तिम खेल पुलिससँग खेल्ने। 


सुदूरपश्चिमलाई पाखा लगाउन एपीएफलाई कुनै पनि सेटमा मुस्किल भने परेन। पहिलो सेट २५–६ ले सहजै आफ्नो बनाएको एपीएफले त्यसछि २५–११ र २५–१२ को सहज जित निकालेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →