← समाचारमा फर्कनुस्
एपिएफले उज्वेकिस्तानी क्लब एफसी नासाफसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। एपीएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिग अन्तर्गत आज आफ्नो पहिलो खेल खेल्दैछ।
एपीएफ महिला टोलीले उज्वेकिस्तानमा आयोजना भइरहेको प्रतियोगितामा घरेलु टोली एफसी नासाफसँग भिड्ने भएको हो।
खेल नेपाली समयअनुसार आज राति ९:१५ बजे सुरु हुनेछ। घरेलु मैदानमा खेल्ने फाइदा रहेको नासाफविरुद्ध एपीएफका खेलाडीहरू उत्साह र आत्मबलसहित मैदानमा उत्रने तयारीमा छन्।
एएफसी महिला च्याम्पियन्स लिग एशियाली क्लब फुटबलको उच्चतम स्तरको प्रतियोगिता मानिन्छ। यस प्रतियोगितामा भाग लिनु नै नेपाली महिला फुटबलका लागि ठूलो उपलब्धि मानिएको छ। पहिलो पटक नेपाली क्लबले यस स्तरको प्रतियोगितामा भाग लिन पाउँदा एपीएफ टोली र सम्पूर्ण नेपाली फुटबल क्षेत्र उत्साहित बनेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |