← समाचारमा फर्कनुस्
Volleyball Jun 15, 2025 · Swadesh

एपीएफ प्रचण्ड कप भलिबलको च्याम्पियन

एपीएफ प्रचण्ड कप भलिबलको च्याम्पियन

पोखरा । विभागीय टिम एपीएफ क्लबले ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा नेपाल पुलिस क्लबमाथि शानदार जित निकाल्दै एपीएफ पहिलो संस्करणको प्रतियोगिताको च्याम्पियन बनेको हो ।

एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा हरायो । पुलिसमाथि हाबी बनेको एपीएफले २५–१९, २५–२० र २५–१३ को सहज जित निकाल्यो । निरुता ठगुन्नाको अलराउण्डर प्रर्दशनमा एपीएफको सहज जित सम्भव बनेको हो । उपाधि सहित एपीएफले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । पुलिसले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

उपाधिको दाबेदार मानिएको न्यु डायमण्ड स्पोर्ट्स क्लब तेस्रो बन्यो । न्यु डामण्डले तेस्रो स्थानका लागि भएको खेलमा एभरेस्टलाई २५–८, २५–१९ र २५–११ को सेटमा हरायो । तेस्रो बनेको न्यु डायमण्डले १ लाख रुपैयाँ हात पार्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी निरुता ठगुन्ना घोषित भईन् । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । विधागत पुरस्कारतर्फ पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाईकर, न्यु डायमण्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमण्डकी शलिना श्रेष्ठ उत्कृष्ट लिब्रो, एपीएफकी श्रृष्टि खड्गी उत्कृष्ट सर्भर र एपीएफका पुष्पजंग मल्ल उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फका उत्कृष्टले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीलाई प्रमुख अतिथी शक्तिबहादुर बस्नेत, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोईराला ज्वाला, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यहरु अन्जन धमला, सम्राट कुशारी लगायतका अतिथीहरुले नगद, ट्रफी, मेडल, प्रमाणपत्रले पुरस्कृत गरेका थिए ।

नेश्नल स्पोर्ट्स एकेडमीले आयोजना गरेको प्रतियोगिता जेठ २७ गतेदेखि पोखरा रंगशालामा सुरु भएको थियो । प्रतियोगितामा राष्ट्रिय स्तरका ६ महिला भलिबलका टिम सहभागी थिए । समापन समारोहमा आयोजक टिमका अध्यक्ष दिपक कोईरालाले कार्यक्रमको दोस्रो संस्करणमा पुरुष विधालाई समेत समावेश गरेर अझ भब्य रुपमा सञ्चालन गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →