← समाचारमा फर्कनुस्
संकटालाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं। विभागीय टोली एपीएफ क्लब एन्फा वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा एपीएफले संकटा फुटबल क्लबलाई ३–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
एपीएफको जितमा रश्मी कुमारी घिसिङ, कप्तान अनिता केसी र गीता रानाले समान एक–एक गोल गरे। पहिलो हाफमै रश्मी र अनिताको गोलबाट २–० को सुरक्षित अग्रता बनाएको एपीएफले दोस्रो हाफमा गीता रानाको गोलसँगै जित सुनिश्चित गर्यो।
अब शनिबार हुने फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लब सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। आर्मीले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब लाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women