← समाचारमा फर्कनुस्
एनभिए भलिबल लिग : एपिएफको लगातार दोस्रो जित

काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले लगातार दोस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सोमबार सम्पन्न दिनको पहिलो खेलमा एपिएफले कर्णाली खेलकुद विकास परिषद्लाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
एपिएफले पहिलो सेट २५-७, दोस्रो सेट २५-७ र तेस्रो सेट २५-९ ले खेल जितेको हो।
यसअघि एपिएफले पहिलो आफ्नो पहिलो खेलमा न्यू डाइमन्डलाई ३-२ को सेटमा पराजित गरेको थियो।
यस्तै सोमबार नै अन्य ५ खेल हुँदैछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |