← समाचारमा फर्कनुस्
Football Feb 19, 2026 · Swadesh

एन्फा महिला च्याम्पियनसिप: फाइनल प्रवेशका लागि एपीएफ र संकटा भिड्दै

एन्फा महिला च्याम्पियनसिप: फाइनल प्रवेशका लागि एपीएफ र संकटा भिड्दै

गाईघाट। एन्फा महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लब र संकटा फुटबल क्लब आज प्रतिस्पर्धा गर्दै छन्।


उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा हुने यो निर्णायक खेल दिउँसो ३:३० बजेबाट सुरु हुनेछ। दुवै टोली उपाधि नजिक पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्।


क्वाटरफाइनलमा एपीएफले आरएस पोखरालाई १९–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो भने संकटाले न्यू रोड टिम (एनआरटी) लाई  ४–१ हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो।


आजको खेलको विजेताले फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब सँग शनिबार प्रतिस्पर्धा गर्नेछ। आर्मीले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब लाई १–० ले स्तब्ध पार्दै उपाधि नजिक पुगेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →