TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 10, 2026 · Swadesh

एन्फा र खेलाडी संघबीच सहमति, तालाबन्दी खुल्यो

एन्फा र खेलाडी संघबीच सहमति, तालाबन्दी खुल्यो

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच आज भएको छलफलपछि एन्फा केन्द्रीय कार्यालयमा खेलाडी संघले गरेको तालाबन्दी खोलिएको छ।


एन्फा महासचिव किरण राईको उपस्थितिमा एन्फा कम्प्लेक्स परिसरमा भएको छलफलपछि दुवै पक्षबीच सहिद स्मारक ‘ए’ डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने सहमति भएको हो।


छलफलमा खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम एन्फाले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ। साथै खेलाडीहरूको सेवा–सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम पनि यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति भएको जनाइएको छ।


छलफलमा एन्फा महासचिव राईसहित केन्द्रीय सदस्य पुरुषोत्तम थापा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी र प्रवक्ता सुरेश शाह सहभागी हुनुभएको थियो।


यस्तै, खेलाडी संघका प्रतिनिधिहरू पनि छलफलमा सहभागी भएका थिए। एन्फा र खेलाडी संघबीच भएको सहमतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता शाह, प्रतियोगिता निर्देशक संजीव मिश्र, खेलाडी संघका अध्यक्ष विक्रम लामा तथा उपाध्यक्ष विकेश कुथु ले आफ्नो धारणा राखेका थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →