← समाचारमा फर्कनुस्
Football Sep 17, 2025 · Swadesh

एन्फालाई एएफसीको १० हजार जरिवाना

एन्फालाई एएफसीको १० हजार जरिवाना

काठमाडौं एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ एन्फा लाई कारबाही गर्दै १० हजार अमेरिकी डलर जरिवाना गरेको छ।


एएफसीको अनुशासन र आचारसंहिता कमिटीले नेपाललाई कारबाही गर्ने निर्णय गरेको हो। त्यस कमिटीको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई जरिवाना लगाएको हो।


नेपालले एएफसी फुटसल कप २०२६ को छनोटमा भाग नलिएपछि यो कारबाही गरिएको हो। कमिटीका अनुसार एन्फाले छनोटका खेल सुरु हुन १ सय ६ दिन अगाडि नाम फिर्ता लिएको थियो। एन्फालाई प्रतियोगिताको नियमावाली ६.७ अनुसार कारबाही गरिएको हो।


कारबाही अनुसार नेपालले १० हजार अमेरिकी जरिवाना यसबारे सूचना दिएको ३० दिनभित्र बुझाउनु पर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →