← समाचारमा फर्कनुस्
एन्फाद्वारा नेपाल र बंगलादेशबीचको खेल रद्द

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीच मंगलबार हुनु पर्ने दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्द गरिएको छ । एन्फा) ले सोमबार विज्ञप्ती जारी गर्दै खेल नहुने बताएको हो ।
एन्फा प्रवक्ता सुरेश शाहले विज्ञप्तीमा भनेका छन्, ‘देशमा देखा परेको हालको अवस्थालाई मध्यनजर गरेर खेल स्थगित गरिएको छ । यस स्थगनले सम्पूर्ण फुटबल समर्थकहरूमा पर्न जाने असुविधाप्रति हामी हार्द्धिक क्षमाप्रार्थी छौं ।’
बंगलादेशी राष्ट्रिय टिम फिफा–विन्डोमा दुई अन्तर्राष्ट्रिय खेल खेल्न काठमाडौं आएको थियो । त्यसमध्ये दुई टिमबीचको पहिलो खेल शनिबार भएको थियो र त्यसमा कुनै गोल हुन नसकेपछि बराबरीमा टुंगेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |