एन्फाले बोलायो ए डिभिजनका क्लबलाई बैठकमा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग र एन्फा यु–१६ युथ लिगका बारेमा छलफल गर्न १४ क्लबलाई बोलाएको छ।
आइतबार एन्फाले पत्रमार्फत शीर्ष डिभिजनका १४ क्लबलाई असोज २६ गते दिउँसो १ का लागि बैठकमा बोलाएको हो। बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
पछिल्लाे समय नेपालमा भएकाे जेनजी प्रदर्शनकाे कारण चलिरहेकाे यु–१६ लिग लगायत अन्य प्रतियाेगिताहरु राेकिएकाे थियाे। यस्तै एन्फाले दुई वर्षभन्दा बढी समयदेखि हुन नसकेको शीर्ष डिभिजन लिग पुसमा गर्ने योजना अगाडि सारेको छ। तर, एन्फा र शीर्ष डिभिजन क्लबबीच बैठक हुन सकिरहेको छैन। जसकाे कारण र लिग संचालकाे लागि छलफल गर्न बाेलाएकाे एन्फाले जनाएकाे छ।
गत मंगलबार मात्र एन्फाले सबै क्लबहरूलाई पत्र पठाउँदै प्राविधिक कारण देखाएर बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी गराएको थियो। देशका विभिन्न जिल्लामा १४ मैदान प्रयोग गरेर ‘होम एन्ड अवे’का आधारमा लिग आयोजना गर्ने प्रस्ताव एन्फाले अघि सारेको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |