← समाचारमा फर्कनुस्
नौ गोलको ‘थ्रिलर’ मा इटालीको जित

इटालीले युरोपेली विश्वकप छनोटको सोमबार भएको नो गौलको ‘थ्रिलर’ मा इजरायललाई ५–४ ले पराजित गरेको छ । खेल बराबरीतर्फ अग्रसर भएको बेला सान्ड्रो टोनालीले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा निर्णायक गोल गरे र आफ्नो टिमलाई विजयी बनाए ।
समूह ‘आई’ को यो छनोट खेलमा प्राप्त जितपछि इटाली नौ अंकमा दोस्रोमा रह्यो । इटालीका लागि मोइस केनले दुई गोल गरे भने ड्यानिएल पेरेट्जले पनि इजरायलका लागि दुई गोल गरे । इजरायलका थप दुई गोल आत्मघाती रहेको थियो ।
इजरायल १–० र २–१ गरेर दुई पल्ट अगाडि रहेर पनि पराजित रहेको हो । अन्य छनोट खेलमध्ये समूह ‘बी’ कोसोभोले स्विडेनलाई २–० ले हरायो । यस्तै समूह ‘सी’ मा डेनमार्कले ग्रिसलाई ३–० ले पराजित गर्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |