एसियाली खेलकुदः दाजुबहिनी श्रेष्ठसहित ८ जुडो खेलाडी छनोट

काठमाडौं – चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत जुडोका लागि ८ खेलाडी बुधबार छनोट भएका छन्।
नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरएको जानकारी दिएको हो।
नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यका अनुसार पुरुष/महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भए। पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक, ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु र १०० केजीमाथि आर्मीकै रन्जेश गोले छनोट भए।
महिला ५२ केजीमाथि बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठले एसियाड सहभागिता निश्चित गरे। इन्द्र र देवकी सहोदर दाजु/बहिनी हुन्। इन्द्र, देवकी र मनीता बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |