एन्फा १६ लिग : तीन खेल स्थगित

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा गत साताबाट सुरु भएको एन्फन यू-१६ लिगमा आज आजै च्यासल रंगशालामा १ बजेका लागि तय भएको मछिन्द्रविरुद्धको खेलका लागि मनाङ उपस्थित भएन ।
च्यसालमै खुमलटारविरुद्धको खेलमा एनआरटी उपस्थित भएन ।
फ्रेन्ड्स पनि लगनखेलमा आर्मीविरुद्ध खेल्नका लागि मैदान उत्रिएन ।
एनआटरीले शनिबार बिहान एकविज्ञप्ति निकाल्दै यू-१६ लिगका बाँकी खेल नखेल्ने बताएको थियो । ‘हामीले सरकारी कार्यालयको सबै कागजात बुझाएका छौं । एन्फाले कुनै प्रक्रिया अगाडी बढाएन,’ विज्ञप्तिमा भनेको छ ।
पहिलो चरणमा एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ५-१ को जित निकालेको थियो । तर, उमेर हद नियमावली मिचेर खेलाडी खेलाएको भन्दै आर्मीले एनआरटीविरुद्ध एन्फालाई उजुरी दिएको थियो ।
आर्मीको उजरीपछि एन्फाले एनआरटीलाई कारबाही गर्यो । बढि उमेरको खेलाडी खेलाएको ठहर गर्दै एन्फाले एनआरटीको तीन अंक घटाउने र एमआरआई गर्दाको शुल्क र थप १० हजार जरिवाना गर्ने निर्णय गरेको थियो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |