नेपाल प्रिमियर लिगको मिति घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आगामी असोज ९ देखि मंसिर ५ गते (अक्टोबर २६ देखि नोभेम्बर २१) सम्म सञ्चालन हुने आधिकारिक मिति घोषणा गरेको छ।
यसपटकको लिग दशैंपछि सुरु भई तिहारको अवधिमा आयोजना हुने भएको छ, जसमा तिहारको मुख्य दिनमा मात्र खेल रोक्ने योजना बनाएका छन्। सबै खेलहरू कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने सम्भावना रहेको छ।
यस सिजनमा आठ फ्रेन्चाइज टोलीहरू—जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोस, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स—ले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा लिग चरण, तीन प्लेअफ खेल र फाइनल गरी कुल ३२ खेलहरू हुनेछन्।
पहिलो संस्करण (२०२४) जनकपुर बोल्ट्सले र दोस्रो संस्करण (२०२५) लुम्बिनी लायन्सले जितेका थिए। सुदूरपश्चिम रोयल्स दुवै पटक उपविजेता बनेको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |