← समाचारमा फर्कनुस्
Other Sports Jun 18, 2025 · Swadesh

दोस्रो मंगलादेवी स्मृति रेटिङ चेस सुरु

दोस्रो मंगलादेवी स्मृति रेटिङ चेस सुरु

४ असार, काठमाडौँ — काठमाडौँ महानगरपालिका वडा नम्बर २७ को आयोजनामा दोस्रो मङ्गलादेवी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ।

उद्घाटन समारोहमा नेपाली कांग्रेस पार्टीबाट काठमाडौँ महानगरको मेयर पदकी प्रत्याशी तथा महिला नेतृ सृजना सिंह र वडा नं. २७ का अध्यक्ष योगेश कुमार खड्गीले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरे।

निशुल्क दर्ता गरिएको उक्त प्रतियोगितामा नेपालका शीर्षस्थ खेलाडीहरू सहित जम्मा ७६ खेलाडीहरूले सहभागिता जनाएका छन्। क्लासिकल विधामा सञ्चालन भइरहेको प्रतियोगितामा खेलाडीलाई प्रत्येक खेलका लागि ६० मिनेट प्लस ३० सेकेन्ड इन्क्रिमेन्टको समय प्रदान गरिएको छ।

कूल ९ चरणको खेल मध्ये पहिलो दिन दुई चरण सम्पन्न भएका छन्। अन्नपूर्ण स्कुलमा सम्पन्न दोस्रो चरणको खेलपछि कुशल बेलबासे र आभाष तिवारीले दुई-दुई अंक जोड्दै संयुक्त शीर्ष स्थानमा उक्लिएका छन्।

प्रतिस्पर्धामा २० जना खेलाडीले समान दुई अंक जोडी एफएम क्षितिज भण्डारी, सीएम पुरुषोत्तम सिलवाल, रिसोन थापा, आशिष फुयाल, प्रकाश चन्द्र नेपाल, शैलेन्द्र न्यौपाने, धिरेन राई र जनार्दन शर्मा शीर्ष १० औँ स्थानमा रहेका छन्।

यसैगरी, कमल श्रेष्ठ, सीएम नवीन टण्डुकार, महेन्द्रकुमार साम्बा हाम्फे, सन्देश श्रेष्ठ, सुशील सुवेदी, विनय थापा, सुरज सिंह, सम्यक श्रेष्ठ, कृष्ण प्रसाद सिग्देल र राजकुमार राई समान अंकसहित शीर्ष २० स्थानमा रहेका छन्।

महिला खेलाडीहरूको समूहमा ओमन नेशनल च्याम्पियन सिन्दिराज जोशी, विनिता कपाली, प्रतिमा बास्कोटा, अग्रता आचार्य, रिया श्रेष्ठ, कुसुम घिसिङ र शान्ति धिमालले समान १–१ अंक जोड्दै अग्रता बनाएका छन्

आयोजक समितिका अनुसार तेस्रो चरणको खेलदेखि प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ भने प्रतियोगिता आगामी शनिबारसम्म चल्ने छ।

अन्तर वडा टिम च्याम्पियनसिपमा द्वितीय हुने वडा २७ का खेलाडीलाई नगद र ट्र्याकसुटसहित सम्मान

काठमाडौँ महानगरपालिका वडा नम्बर २२ द्वारा गत महिना आयोजित अन्तर वडा टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगितामा वडा नम्बर २७ का खेलाडीहरू महेश्वरलाल डंगोल, राजेन्द्र बज्राचार्य र विनिता कपालीले उपविजेता भएका थिए।

कार्यक्रममा प्रमुख अतिथि सृजना सिंहले उप विजयी टिमका खेलाडीहरूलाई उल्लेखनीय प्रदर्शनको कदरस्वरूप जनही नगद ७ हजार रुपैयाँ र ट्र्याकसुट प्रदान गर्दै सम्मान गरिएको छ। 

महिला नेतृ सृजना सिंहलले बौद्धिक चेस खेलमा युवा पुस्ताको सहभागिता दिनानुदिन बढ्दो देखिनु सकारात्मक संकेत भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले प्रतिभाको पहिचान र विकासमा टेवा पुर्‍याउने धारणा व्यक्त गरे।

२७ वडाका अध्यक्ष योगेश कुमार खड्गीले द्वितीय स्थान प्राप्त टिमका सदस्यहरूलाई आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →