← समाचारमा फर्कनुस्
Top Headlines Jul 28, 2023 · Shishir

हाङझाव एसियाडमा २ सय ३४ खेलाडी

हाङझाव एसियाडमा २ सय ३४ खेलाडी

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार भएको १९ औं एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसंगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालले २ सय ३४ खेलाडी सहभागी गराउने जानकारी गराए ।

‘नेपालले विभिन्न २९ खेलमा २३४ खेलाडी सहभागी गराउने छ । खेलाडीले एक्सपोजर पाउन् भनेरै निकै मेहनत गरे खेलाडी संख्या २३४ पु¥याउन सफल भयौं ।’ सदस्य–सचिव घिसिङले भने– ‘एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि हामीले २४ करोड माग गरेका थियौं ।

२१ करोडको सहमति प्राप्त भइसकेको छ । बाँकीका लागि प्रयास भइरहेको छ ।’
सदस्य–सचिव घिसिङले खेलाडीको ‘प्लेइङ किट्स’ का लागि संघलाई तयारी थाल्न बताउदै कुनै संघले तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहेमा आवश्यकताका आधारमा एसियाली खेलकुद तयारी सचिवालयमा प्रस्ताव पेश गर्न बताए ।

उनले आवश्यक पर्ने खेल सामाग्रीको तुरुन्त विवरण तयारी गरी प्रकृया अगाडि बढाउन तयारी सचिवालयलाई निर्देशन दिए ।
नेपाल ट्रायथलन संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले हरेक विषयमा परिषद्को मात्र भर नपरी खेलाडीको सुविधाका लागि सम्बन्धित संघले पनि प्रयास गर्नु पर्नेमा जोड दिदै परिषद् र ओलम्पिक कमिटीबीच हरेक विषयमा समन्वय भइरहेको बताए ।

कार्यक्रममा तयारी सचिवालयबाट भएका प्रगति विवरण प्रस्तुत गरिएको थियो । उपस्थित संघका प्रतिनिधिले खेलाडीको प्रशिक्षण, सुविधा, बसोवास, प्रशिक्षण स्थल, वैदेशिक प्रशिक्षण, खेल सामाग्री, स्पाइरिङ पार्टनर, विमालगायतका विषयमा धारणा राखेका थिए ।

हाङझाव एसियाड असोज ६ गतदेखि सुरु हुँदै छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →