← समाचारमा फर्कनुस्
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौमा हुने

काठमाडौं। दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौमा हुने भएको छ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले शुक्रबार लिग भदौ २० देखि २८ गतेसम्म हुने जानकारी दिएको हो।
पहिलो संस्करणको उपाधि कर्णाली यश्विसले अपराजित रहँदै जितेको थियो। कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई ३–२ को संघर्षपूर्ण सेटमा पराजित गरेको थियो।
पहिलो संस्करणमा ६ वटा टिमको सहभागिता रहेको थियो।
पहिलो संस्करणमा काठमाडौं, ललितपुर, मधेश, चितवन, गण्डकी र कर्णालीको टिमले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल भलिबल संघ र इन्फिनिटी ड्रीम्स प्रालिबीच एभरेस्ट महिला भलिबल लिग आयोजना गर्न २०८१ असारमा ७ वर्षका लागि सम्झौता भएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |