← समाचारमा फर्कनुस्
Other Sports Jun 17, 2023 · Shishir

अभिषेक र अभिलाषा सिंगल्स च्याम्पियन

अभिषेक र अभिलाषा सिंगल्स च्याम्पियन

काठमाडौं, असार २ गते । अभिषेक बाँस्तोला र अभिलाषा विष्टले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्स उपाधि शनिबार जितेका छन् । 

उपाधि दाबेदार मानिएका अभिषेक पुरुष तथा अभिलाषा महिलामा च्याम्पियन बने ।

  राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा संघर्षपूर्ण जित हात पार्ने क्रममा अभिषेकले प्रदीप खड्कालाई १–६, ६–१ र ७–६ को सेटमा पराजित गरे । प्रणव खनाल र आर्यन गिरी तेश्रो भए ।

   सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई ६–३ र ६–२ को सोझो सेटमा हराइन् । प्रकृति श्रेष्ठ र आइशा डोल्कर गुरुङ तेश्रो बने । पुरुष÷महिला सिंगल्सका विजेताले १ लाख, उपविजेताले ५० हजार र तेश्रोले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री पहिलो भए । उनले फाइनलमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारलाई सीधा सेटमा ७–५ र ६–४ ले पाखा लगाए । 

सन्तोषले ६० हजार तथा जितेन्द्रले ३० हजार नगद पुरस्कार पाए । तेश्रो भएका कमलबहादुर अधिकारी र दावा सोनाम शेर्पाले १०–१० हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई पूर्व उप प्रधानमन्त्री कमल थापा, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक एकेडेमीका अध्यक्ष रविन प्रधान र प्रमुख कार्यकारी अधिकृत सिमान्त गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

नेपाली टेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा खुला, भेट्रान र जुनियर गरी २४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्पर्धाका पदक विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । 

कुल पुरस्कार राशी १४ लाख ८५ हजार रुपैयाँ थियो । असार २७ गतेदेखि सुरु प्रतियोगितामा २ सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →