← समाचारमा फर्कनुस्
गुजरातले बैंग्लोरलाई हराउदा मुम्बई आईपीएलको प्लेअफमा

काठमाडौ- शुभमन गिलको शतकको मद्दतले जारी इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको छ।
आइतबार राति भएको खेलमा गुजरातले बैंग्लोरले प्रस्तुत गरेको १९८ रनको लक्ष्य ४ विकेटको क्षतिमा ५ बलअगावै पूरा गरेको हो।
गुजरातका लागि गिलले ५२ बलमा १०४ रन बनाए। उनलाई ५३ रन बनाउँदै विजय शंकरले साथ दिए। बैंग्लोरका लागि मोहम्मद सिराजले २ विकेट लिए। त्यसअघि विराट कोहलीको शतकको मद्दतले बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९७ रन बनाएको थियो।
गुराजतको जितसँगै मुम्बई इन्डियन्सले पनि प्रतियोगिताको प्लेअफमा स्थान बनाउन सफल भएको छ।
आइतबार नै भएको खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो। त्यस्तै, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स पनि प्लेअफमा पुगेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |