← समाचारमा फर्कनुस्
Other Sports Jun 11, 2025 · Swadesh

१३ औँ एनएसआरए राष्ट्रिय स्क्वासमा बागमतीको दोहारो जित

१३ औँ एनएसआरए राष्ट्रिय स्क्वासमा बागमतीको दोहारो जित

काठमाडौँ, जेठ २७ गते । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनाा १३ औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप मङगलबार सुरु भएको छ । 

सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा भएको पहिलो दिन पुरुषतर्फको टिभ इभेन्टमा बागमती प्रदेशले दोहोरो जित हासिल गरेको छ । बागमतीले कर्णाली प्रदेश र कोशी प्रदेशलाई सहजै हराएको हो । कर्णाली प्रदेशविरुद्धको खेलमा बागमतीका अरहन्त के सिम्ह र पासाङ ब्लोनले सहजै खेल जित्नुभयो । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्तले जलन जिसीलाई ११–२? ११–७ र ११–७ तथा पाासङले हिमाल जिसीलाई ११–०, ११–३ र ११–० ले हराउनुभयो । 

कोशी प्रदेशविरुद्ध पनि बागमतीका तीन खेलाडीले सोझो सेटमा जित हासिल गरे । राकेश परियारले खेम राज राईलाई ११–२, ११–९ र ११४, अरहन्तले नयन बहादुर मगरलाई ११–६, ११–३ र ११–३ तथा पासाङले सुर्य कुमार राईलाई ११–६, ११–५ र ११–४ ले पराजत गर्नुभयो । 

यसैगरी लुम्बिनी प्रदेशले पनि गण्डकी प्रदेशलाई ३–२ ले हराएर विजयी सुरुआत गर्यो । पहिलो खेलमा सुदीप बहादुर सिंहले गण्डकीका आभन श्रेष्ठलाई ११–८, ७–११, १४–१२ र ११–९ ले हराएर लुम्बिनीलाई अग्रता दिलाउनुभएको थियो । दोस्रो खेलमा  गौरव कटवालले गण्डकीका राजु श्रेष्ठलाई इ११–९, १३–११ र ११–३ ले पराजित गरी लुम्बिनीलाई जित दिलाउनुभयो । तेस्रो खेलमा नवराज श्रेष्ठले लुम्बिनीका ज्ञानु चौधरीलाई प्रतिस्पर्धात्मक खेलमा ११–६, ११–३, ४–११, ५–११ र ११–५ ले हराएपछि गण्डकीले सान्त्वना जित प्राप्त गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उहाँले राखेपले देशभर विभिन्न खेलको विकास र बिस्तारमा निरन्तर सहयोग पुर्याउँदै आएको र स्क्वासजसतो सम्भावनायुक्त खेलमा यस्ता प्रतियोगिताले नयाँ प्रतिभा उजागर गर्न थप प्रेरणा दिनेछ, भन्नुभयो ।

प्रतियोगितामा पुरुषतर्फ छ प्रदेशको सहभागिता रहनेछ । सहभागी छ प्रदेशलाई दुई समूहमा विभाजन गरिएको छ । पुल एमा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश तथा पुल बीमा बागमती प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेश रहेका छन् । लिग कम नकआउटको आधारमा प्रतियोगिता हुनेछ । हरेक पुलबाट शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन् । टिम इभेन्टमा हरेक टिममा चार खेलाडी रहेका छन् ।

महिला टिम इभेन्ट्समा बागमती, गण्डकी, कर्णाली र कोशी गरी चार प्रदेशले भाग लिएको छ । महिला टिम इभेन्ट्समा लिग चरणमा शीर्ष स्थानमा रहेको टिम च्याम्पियन बन्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →