← समाचारमा फर्कनुस्
एसियन गेम्स : बक्सिङका १३ खेलाडी छनोट

काठमाडौं । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुद अन्तर्गत बक्सिङबाट १३ खेलाडी छनोट भएका छन् ।
नेपाल बक्सिङ संघले आयोजना गरेको छनोटबाट ६ महिला र ७ पुरुष खेलाडी छनोट भएका छन् ।
महिलातर्फ सुस्मा तामाङ (५० केजी), मिनु गुरुङ (५४ केजी), चन्द्रकला थापा (५७ केजी), संगिता सुनार (६० केजी ), विनिता थापा मगर (६६ केजी) र सरस्वति राना मगर (७५ केजी) छनोट भए ।
पुरुषमा रविन थापा (५१ केजी), बुद्ध ग्याम्जो लामा (५७ केजी), भूपेन्द्र थापा मगर (६३.५ केजी), दिपेश लामा (७१ केजी), दिपक श्रेष्ठ (८० केजी), दिपक सुनवार (९२ केजी) र आशिश दवाडी ( ९२ केजीमाथि) छनोट भएका छन् ।
एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |