← समाचारमा फर्कनुस्
Other Sports Jun 09, 2025 · Swadesh

१३ औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीपको तयारी

१३ औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीपको तयारी

काठमाडौँ, जेठ २६ गते । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनाा एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीपको १३ औँ संस्करण हुने भएको छ ।

सो प्रतियोगिता सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा जेठ २७ देखि ३१ गतेसम्म हुनेछ । आयोजकले यसपालि इन्डिभिजुयल र टिम इभेन्टमा प्रतिस्पर्धा हुने बताएको छ ।

प्रतियोगितामा पुरुषतर्फ छ प्रदेशको सहभागिता रहनेछ । सहभागी छ प्रदेशलाई दुई समूहमा विभाजन गरिएको छ । पुल एमा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश तथा पुल बीमा बागमती प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेश रहेका छन् । लिग कम नकआउटको आधारमा प्रतियोगिता हुनेछ । हरेक पुलबाट शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन् । टिम इभेन्टमा हरेक टिममा चार खेलाडी रहेका छन् । 

महिला टिम इभेन्ट्समा बागमती, गण्डकी र कोशी गरी तीन प्रदेशले भाग लिएको छ । महिला टिम इभेन्ट्समा लिग चरणमा शीर्ष स्थानमा रहेको टिम च्याम्पियन बन्नेछ ।

प्रतियोगितामा पुरुष र महिला दुवै विधामा बागमती प्रदेशलाई उपाधिको दावेदारको रुपमा लिइएको छ । पुरुषतर्फ नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त के सिम्ह र पासाङ ब्लोन बागमती प्रदेशमा रहेका छन् । यसैगरी बागमती प्देशको महिला टिममा पनि नेपालका नम्बर एक विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेठ रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →