← समाचारमा फर्कनुस्
Other Sports Jun 16, 2023 · Shishir

ऋतिक र आईएसएलाई उपाधि

ऋतिक र आईएसएलाई उपाधि

 काठमाडौं । टिम ऋतिक र आईएसए नेपालले ट्रिटन एसइइ अपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । ऋतिक ब्वाइज तथा आईएसए गर्ल्समा च्याम्पियन बने ।

ट्रिटन इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ऋतिकले एसकेसीलाई १८–१७ को साँघुरोअन्तरले पराजित गर्यो ।

कोटेश्वरस्थित आयोजकको कोर्टमा भएको गर्ल्सको उपाधि भिडन्तमा आईएसएले बार्बो, भक्तपुरलाई १२–७ ले हरायो ।

ब्वाइजमा ऋतिकका सुमित खत्री तथा गर्ल्समा आईएसएका सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित छात्रवृत्ति प्रदान गरिएको प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् । ब्वाइजमा ३२ टिमले नकआउट तथा गर्ल्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →