← समाचारमा फर्कनुस्
महिला विश्वकपमा न्युजिल्यान्डको विजयी सुरुवात

काठमाडौं – आजबाट अष्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएको फिफा महिला विश्वकपको पहिलो खेलमा आयोजक न्युजिल्यान्डले नर्वेको महिला टोलीलाई १–० गोलअन्तरले हराउदै विजयी सुरुवात गरेको छ।
न्युजिल्यान्डको इडेन पार्क रंगशालामा सम्पन्न खेलमा आयोजक टिमले जित निकालेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरी बने पनि दोस्रो हाफको ४८ औं मिनेटमा हान्नह विल्किन्सनले गोल गरेर न्युजिल्यान्डलाई अग्रता दिलाएकी थिइन्।
विल्किन्सनको गोल नै खेलको निर्णायक बनेपछि न्युजिल्यान्डले समूह ए मा पहिलो तीन अंक बटुलेको छ।
विश्वकपअन्तगर्तत आजको दोस्रो खेलमा अष्ट्रेलिया र आयरल्यान्ड खेलिरहेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |