← समाचारमा फर्कनुस्
Volleyball Jul 10, 2023 · Shishir

पिएम कपः महिलातर्फ आर्मीलाई हराउदै पुलिसको लगातार तेस्रो जित

पिएम कपः महिलातर्फ आर्मीलाई हराउदै पुलिसको लगातार तेस्रो जित

काठमाडौ- जारि सातौ महिला तथा पुरुष पिएम क्लब भलिबल कपमा आज भएको खेलमा महिलातर्फ विभागीय डर्वीमा नेपाल पुलिस क्लबले प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।

यो आर्मीको लगातार दोस्रो पराजय हो भने पुलिसको लगातार तेस्रो जित हो। आर्मी पहिलो खेलमा एपिएफसंग पराजित भएको थियो।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा पुलिसले आर्मीलाई ३-० को सोझो सेटमा पराजीत गरेको हो।

आर्मीविरुद्ध एकतर्फी हावी बनेको पुलिसले पहिलो सेट १८ः२५ दोस्रो सेट १२ः२५ र अन्तिम सेट १८ः२५ ले जितेको थियो।

यो जितसंगै पुलिसले तीन खेलबाट ६ जोड्दा आर्मीको एक अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →