← समाचारमा फर्कनुस्
Top Headlines Aug 09, 2023 · Shishir

किंग्स कप भलिबलः एपीएफ र किंग्सको पहिलो जित

किंग्स कप भलिबलः एपीएफ र किंग्सको पहिलो जित

 काठमाडौं । दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगितामा गन्डकी प्रदेशले लगातार दोस्रो जित हात पार्दा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । 

बुधबार आयोजक किंग्स क्लबले पहिलो जित हात पारेको छ । खराब प्रकाशका कारण नेपाल पुलिस र नेपाल एपीएफबीचको खेल चौथो सेटमा चल्दै गर्दा रोकिएको छ । दुवैको खेल बिहीबार पहिलो सेटबाट सुरु हुनेछ ।

बुधबारको पहिलो खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले जित हात पारेको हो । आफ्नो पहिलो खेलमा कोशी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । एपीएफ २५-१६, २५-२० र २५-१६ ले विजयी भएको थियो । 

समय अभावका कारण बुधबार हुन नसकेको एपीएफ र कोशी प्रदेशको खेल आज भएको थियो ।  

दोस्रो खेलमा खोटाङ नेशनल युवा संघले लगातार दोस्रो हार व्यहोर्ने क्रममा आयोजक किंग्स क्लब काठमाडौंले पहिलो जित हात पारेको थियो । 

किंग्स क्लबले २५-१६, २२-२५, २५-१२ र २५-२१ सेटमा विजयी भएको थियो ।  

आज भएको तेस्रो खेलमा जीएम समाजलाई पराजित गरि गन्डकी प्रदेशले हात पारेको छ । जीएमलाई गन्डकीले ३-२ को सेटमा पराजित गरेको हो ।

पहिलो र दोस्रो सेट १७-२५ र २६-२८ ले हारेको गन्डकीले लगातार तीन सेटमा जित हात पारेर खेल आफ्नो पक्षमा पार्यो । तेस्रो, चौथो र पाँचौ सेट गन्डकीले २५-१७, २६-२४ र १७-१५ मा जित हात पार्यो ।  

आजको चौथो खेलमा पुलिस र एपीएफको खेल चौथो सेटमा स्थगित भएको थियो । खराब प्रकाशका कारण स्थगित खेल बिहीबार पहिलो सेटबाट हुनेछ । आजको पाँचौ खेल समय अभावका कारण भोली हुने गरि स्थगित भयो । आज हुन नसकेको दुई खेल सहित बिहीबार छ खेल हुनेछ ।

प्रतियोगितामा ८ वटा टोलीको सहभागीता रहने छ । सहभागी टोलीलाई समूह ए र बी मा विभाजन गरिएको छ । 

समूह ए मा आयोजक किंग्स क्लब सहित खोटाङ नेशनल युवा संघ, गण्डकी प्रदेश र जीएम समाज रहेका छन् ।

यस्तै समूह बी मा विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपीएफ क्लब तथा कोशी प्रदेश र नेपाल गणतान्त्रिक महासंघ रहेका छन् । 

प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने छन् ।

नेपाल भलिबल संघको स्विकृतीमा भएको यस प्रतियोगितामा संघले प्राविधिक सहयोग प्रदान गर्नेछ । 

प्रतियोगिताको अनुमानित बजेट १७ लाख रहेको छ । आयोजक क्लबका महासचिव लक्ष्मण काप्रीका अनुसार पुरस्कार तर्फ मात्र ४ लाख रकम खर्च हुनेछ । 


प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्ने छ । तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने छ । 


प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउँने छ । हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउँने छ । 


प्रतियोगिताका सबै खेल नयाँ बसपार्कमा रहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →